मुना पाण्डेको हत्या आरोपीलाई धरौटीमा छाड्न अदालतको अस्वीकार

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अमेरिकाको टेक्सस राज्यको ह्युसटनमा २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेका हत्याका आरोपी बबि सिंह शाहलाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ । शाहलाई मंगलबार ह्युस्टन अदालतमा पेस गरिएको थियो ।

प्रारम्भिक बयानका क्रममा शाहका वकिलले आफ्ना ग्राहक शतप्रतिशत निर्दोष रहेको र आफूलाई निर्दोष साबित गर्न उत्साहित रहेको बताएका थिए । ‘हामी कानुनको अदालतमा उनको निर्दोषता प्रमाणित गर्न तत्पर छौँ,’ रक्षा अधिवक्ता विल्विन जे कार्टरले भने ।

यद्यपि सरकारी वकिलहरूले डिसेम्बरमा अर्को सुनुवाइ नभएसम्म शाहको जमानत अस्वीकार गर्न अनुरोध गरेका थिए । मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार …

प्रतिकृया दिनुहॊस