फेरि बढ्यो सुनको मूल्य, तोलाकै १ लाख ५७ हजार नजिक

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहेको छ । शुक्रबार कीर्तिमानी मूल्यमा कारोबार भएको सुन साताको पहिलो दिन आज (आइतबार) पनि महँगिएको हो ।

शुक्रबार प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यो दिन चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds