सीईडीबी हाइड्रोपावरको बुक क्लोज तय, हकप्रद पनि घोषणा

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले बोनस शेयर वितरण गरेपछि ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेपश्चात कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले हाल कायम चुक्तापूँजीको ११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र यसपछि ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने बताएको छ।

कम्पनीले बोनस तथा हकप्रद लगायतका प्रस्तावहरु आगामी असोज २१ गते, कालिमाटी ब्याङ्क्वेट कालिमाटी, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजेदेखि शुरु हुनेछ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds