कांग्रेसद्वारा सामुदायिक रेडियो प्रसारक संघमा निर्वाचितहरुलाई स्वागत तथा सम्मान

  • सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः अर्जुन गिरी निर्विरोध निर्वाचित भएका हुन् ।

काठमाडौं । नेपाली कांग्रेसले सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)मा निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ । ललितपुरमा जारी अकोराबको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट निर्विरोध निर्वाचितहरुलाई कांग्रेसले स्वागत तथा सम्मान गरेको हो ।

आइतबार बुद्धनगर आयोजित कार्यक्रममा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मासहित नेताहरुले सम्मान गरेका हुन् । अकोराबको अधिवेशनबाट दोस्रो कार्यकालका लागि गिरी दाङका अर्जुन गिरी निर्विरोध निर्वाचित भएका थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव बन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजकमा संगीता बस्याल र सदाचार समितिमा टीकाजंग थापा निर्विरोध निर्वाचित भए । कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य श्रीधर न्यौपानेले जानकारी दिए ।

निर्विरोध हुन नसकेका महिला उपाध्यक्ष पदमा मिना गुरुङ र खेमकुमारी पोखरेल, आदिवासी उपाध्यक्ष पदमा मिलन गाहा र पुष्पा चौधरी र कोषाध्यक्षमा तुला अधिकारी र रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुनेछ । आइतबार ३ बजेसम्म निर्वाचन सकिसक्ने तयारी भइरहेको छ । दिउँसो १ बजेबाट निर्वाचन सुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds