क्यानडा जाँदै परराष्ट्रमन्त्री आरजु, उतैबाट अमेरिका जाने

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुदैछन् ।

सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds