रविले सहकारीबाट ९५ करोड ठगेका छन्‚ मसँग प्रमाण छ : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका डा मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको आरोप लगाएका छन् । रविले ९५ करोड ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको उनको दाबी छ ।

उनले नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको र सबैले त्यसमा विश्वास गरेको उल्लेख गरे । ‘रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनी रजिस्ट्रारको कार्यालयमा उनले आफूले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ‚’ उनले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘त्यस्तै विभिन्न सहकारीबाट सोही बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् । आजलाई यति नै ।’

मुकुल ढकालले रवि लामिछानेले सहकारीबाट एक १।८ करोड ठगेको र त्यो पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १.८ करोड बराबरको सेयर किनेको पनि दाबी गरेका छन् । ‘१.८ करोड बराबरको सेयर किनेपछि, सोही अनुरूप कम्पनी रजिस्ट्रारको कार्यालयमा आफूले सेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूले स्वेट सेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले‚’ ढकालले अगाडि लेखेका छन्‚ यदि रवि लामिछानेले वास्तवमा नै स्वेट सेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट सेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो र सोही अनुसार कम्पनी रजिस्टारको कार्यालयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरी पनि दोहोर्‍याउँछु, स्वेट सेयर सम्बन्धी सम्झौता नगरी उनले कम्पनी रजिस्टारको कार्यालयमा आफूले सेयर किनेको भनेर कागजात पेस गरेका छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds