तेलभिसाले ल्यायो ‘तुकुनको मुकुन मन पर्‍या’, शान्तिश्री र साइराजको स्वर (भिडिओसहित)

काठमाडौं । फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ । आगामी ७ मंसिरमा प्रदर्शनको तयारीमा रहेको फिल्मको ‘तुकुनको मुकुन मन पर्‍या’ गीत युट्युबमा सार्वजनिक भएको हो ।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् । शान्तिश्री परियार र साइराज खत्रीले स्वर भरेका छन् । कृष्ण भारद्धाजको संगीत रहेको गीतमा राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन विकको शब्द छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भूमिका हेर्न पाइने भएको छ । फिल्ममा विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारको अभिनय छ । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्मअनिल पाण्डे र शिवराज कार्कीको लगानीमा बनेको हो ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मिस विभा २०२४’ को ताज प्रेमालाई

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले जितेकी छिन् । अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds