कुमारी बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।

आइतबार भरतपुर निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमाबापतको १० लाख रकम हस्तान्तरण गरिएको थियो।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ। सानिमा जीआईसी इन्स्योरेनसबाट बीमा दाबी रकम प्राप्त भएपश्चात कुमारी बैंक लिमिटेडमार्फत रकम भुक्तानी गरिएको थियो।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावालासहित परिवारका चारजना सदस्यहरुले २६ लाख रूपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिनेछ।

बैंकका अनुसार सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ। कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds