महालक्ष्मी विकास बैंक र चित्रकार चाटर्ड कम्पनीबिच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ०९ : एक्सपेक्टेड क्रेडिट लस मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेस सँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

यस समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी

रुपमा कार्यान्वयन/अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने बैंकको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको …

प्रतिकृया दिनुहॊस