सभामुखले बोलाए प्रमुख दलका प्रमुख सचेतक र सचेतक

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् बैठकअघि छलफलका लागि बोलाए प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई बोलाएका छन् । घिमिरेले बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय दल-नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई बैठकका लागि बोलाएका हुन् ।

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाएका हुन् । माओवादीले प्रतिनिधिसभामा ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds