नेपाल इञ्जिनियर्स एसोसिएसनको चुनावमा कांग्रेस हाबी, अध्यक्षमा बराल ठूलो मतान्तरले विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा सेन्टर फरसुवासचन्द्र बराल निर्वाचित भएका छन् । गएराति सम्पन्न निर्वाचन परिणामअनुसार बराल प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २ हजार ७२ मतले हराउँदै विजयी भएका हुन् ।

बराल ४ हजार ८ सय ४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पाण्डेले २ हजार ८ सय १० मत ल्याएका थिए । विजयी बराल कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)मा आवद्ध थिए । चुनावमा अधिकांश सिडेनका उम्मेदवार निर्वाचित भएका छन् ।

उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित भएका छन् ।

कांग्रेसनिकट सिडेनका उम्मेवार संघ, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विजयी भए भने झिनो मतान्तरले मधेसको अध्यक्षमा पराजित भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds