केई गाडीको टेस्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपिरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम गर्ने भएको छ। कम्पनीले यही भदौ २९ र ३० गते उक्त कार्यक्रम आयोजना गर्नलागेको हो।

भदौ २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा गई केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रीक ह्याचब्याक ईक्युट ०४ र इक्युट ०२ को टेस्ट ड्राइभ गर्न सकिनेछ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको कम्पनीले जनाएको छ। सहभागीहरुमध्ये एक जनाले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्कको मिक्सर ग्रिन्डर प्राप्त गर्नेछन।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुन तोलामै १५ हजारसम्म सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौं । सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । भन्सार महसुल घटाउने सरकारको निर्णयले सुनको मूल्य तोलामा झण्डै १५ हजार रुपैयाँले सस्तो हुने भएको छ ।

प्रतिकृया दिनुहॊस