आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबारकाे तुलनामा बुधबार सुनको मूल्यमा गिरावट आएको हो।

मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार घटेर १ लाख १२ हजार ४ सय रुपैयाँमा काराेवार भइरहेकाे छ।

मंगलबार १ लाख १२ हजार १ सय ५० रुपैयाँमा काराेवार भएकाे तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको छ।मंगलबार प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भइरहेकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस