एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्ने एनसेलले जनाएको छ ।

प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन् । साउन २९ गतेबाट लागु हुने गरि एनसेलले नेपाल प्रहरीको वेबसाइट….. लाई आफ्नो नेटवर्कमा बिना कुनै डेटा शुल्क चल्ने गरि निःशुल्क बनाएको थियो । यसले प्रहरीमा उजुरी, पुलिस रिपोर्टका लागि अनलाइन आवेदनलगायतका सेवाहरु लिनका लागि यो वेबसाइट चलाउदा इन्टरनेटको पैसा नलाग्ने भएको कम्पनीले जनाएको छ ।

“एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं ।

यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,” एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने, “सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री