मनॊरञ्जन

‘छक्का पञ्जा-४’को ट्रेलर ट्रेन्डिङमा (ट्रेलरसहित)

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-४’को ट्रेलर युट्युबको ट्रेन्डिङमा रहेको छ । युट्युब सार्वजनिक चलचित्रको ट्रेलर छोटो समयमै एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्रको ट्रेलरले समसामयिक राजनीनितलाई व्यंग्य गरेको छ । नेपाली राजनीतिमा रहेको विकृतिका कारण युवा पुस्ताले देशै छोड्नु परिरहेको अवस्थालाई चलचित्रले व्यंग्य गरेको छ । चलचित्रको ट्रेलरमा नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, रमेश बुढाथोकी, केदार …

पुरा पढ्नुहॊस »

रामबाबु गुरुङको ‘फूलबारी’ अष्ट्रेलियामा पनि प्रदर्शन

काठमाडाैं । गएको शुक्रबारबाट नेपालमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘फूलबारी’ अष्ट्रेलियाको विभिन्न शहरमा पनि प्रदर्शन भएको छ। कलाकारहरु दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायतको अभिनय रहेको यो नेपाली चलचित्रलाई नेपोज एजुकेसन एण्ड भिसा सर्भिसेस र एस पिपुल एण्ड भिसा सर्भिसेसले अष्ट्रेलियाको बिभिन्न शहरहरूमा प्रदर्शन गर्न लागेको हो । चलचित्र फुलबारी आज अर्थात १९ फ्रेबुअरीका दिन क्यानभरा ,२० र २२ फ्रेबुअरीका दिन डार्बिन र यसैगरी एडिलेट …

पुरा पढ्नुहॊस »

सुरक्षा पन्त र मानव सुवेदी विवाह बन्धनमा बाँधिंदै

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यही फागुन २५ गते विवाह बन्धनमा बाँधिने भएकी छन् । उ‍नी म्युजिक भिडियो निर्देशक तथा मोडल मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । लामो समयदेखि सम्बन्धमा रहेको यो जोडिले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेको हो । उनीहरूको विवाह चितवनमा हुनेछ । अभिनेत्री पन्तले आमा, गोपीलगायतका चलचित्र तथा थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । यस्तै, निर्देशक तथा मोडल सुवेदीले अन्तराल नेपथ्य र चिनी …

पुरा पढ्नुहॊस »

यस्तो छ छक्का पन्जा ४ को ट्रेलर, फागुन १९ देखि प्रदर्शन

काठमाडौं – कलाकार तथा निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म छक्का पन्जा ४ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेश र समाजलाई प्रस्तुत गरिएको छ । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ …

पुरा पढ्नुहॊस »

उपराष्ट्रपतिद्वारा दर्जनौं कलाकर्मी सम्मान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले दर्जनाैं कलाकर्मीलाई सम्मान गर्नुभएकाे छ । बुधबार उपराष्ट्रपति भवन लैनचाैरमा आयाेजित एक बिशेष समाराेहमा उपराष्ट्रपति पुनले नेपाली चलचित्र क्षेत्रमा त्रिमूर्ति भनेर चिनिने नेपालको प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुषाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंहलाई ‘विशिष्ट कला सम्मान’द्वारा सम्मानित गर्नुभयाे । सो अवसरमा कलाकार निर्देशक लय संगौला, डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार निर्देशक मोहन निरौलाले समेत ‘विशिष्ट कला सम्मान’ प्राप्त गरे । …

पुरा पढ्नुहॊस »

भ्यालेन्टाइन्स डे’मा पूर्व बैंकर रविना देशराजले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । औठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन् । प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डेको अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै रविनाले लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’ इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । …

पुरा पढ्नुहॊस »

अफ्रिकाका र्‍यापर एकेएको गोली हानी हत्या

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍याप गायक किर्नान जारेड फोब्र्स (एकेए)को गोली हानी हत्या भएको छ । ३५ वर्षीय र्‍यापर एकेएको डरबनस्थित एक रेस्टुरेण्ट नजिकै गोली हानेर हत्या भएको हो । उहाँसँगै उहाँका नजिकका साथी तथा व्यावसायिक सेफ एवं व्यापारी टेबेल टिब्ज मोटसोनको पनि हत्या भएको छ । उहाँहरूको एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानी हत्या भएको बताइएको छ । प्रहरी प्रवक्ता कर्नेल रोबर्ट नित्शउन्डाले र्‍यापर …

पुरा पढ्नुहॊस »

श्रृंखलासँग प्रेम टुटेको संकेत गर्दै सिसनले लेखे- बकवास अध्यायको यहीँ अन्त्य गरौँ

काठमाडाैँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सिसन बानियाँको प्रेम टुटेको चर्चाकैबीच सिसहनले त्यसको संकेत गरेका छन्। भ्लगर बानियाँले इन्स्टाग्राममा भूपू प्रेमिकाहरुलाई संबोधन गर्दै पोष्ट गरेका छन्। जसले सिसन र श्रृंखलाको प्रेम टुटेको अड्कल काट्नेलाई बल पुर्याएको छ। प्रेम टुटेको संकेत गरे पनि उनले आफ्नो टुटिसकेको प्रेमको सुन्दर अनुभूतिलाई तहसनहस बनाउन मान्छेहरु लागेको पनि खुलाएका छन्। ‘भ्यालेन्टाइन डे’ चलिरहेका बेला उनले गरेको सम्बोधनले श्रृंखलासँग छुटेको बुझ्न सकिन्छ। ‘केही मानिसहरू कसैलाई …

पुरा पढ्नुहॊस »

अभिनयमा फर्किदै अभिनेता राजबल्लभ कोइराला

काठमाडौँ । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गर्नुभएका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्नुहुने भएको छ । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उहाँ झण्डै १० वर्षपश्चात अभिनय गर्दै हुनुहुन्छ । “आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भन्नुभयो, “मेरो छायाँङन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।” अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग …

पुरा पढ्नुहॊस »

निहारिका र शिवराजले गरे विवाह

काठमाडौं – निहारिका राजपूत र शिवराज श्रेष्ठबीच विवाह भएको छ । कुमारी आमाको रूपमा चर्चामा आएकी निहारिकाले शिवराजविरुद्ध बलात्कार मुद्दा समेत हालेकी थिइन् । तर, यी दुईले जनकपुरको रामजानकी मन्दिरमा विवाह गरेका हुन् । त्यसअघि उनीहरूले १७ माघमा कानुनबमोजिम मिलापत्र गरी पति पत्नीका रूपमा बस्न स्वीकार गरेका थिए । शिवराजले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएको भन्दै निहारिकाले डिएनए जाँचको माग गरेकी थिइन् । डिएनए जाँचपछि उक्त बच्चा शिवराजकै भएको …

पुरा पढ्नुहॊस »