भ्यालेन्टाइन्स डे’मा पूर्व बैंकर रविना देशराजले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

काठमाडौं । पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । औठी लगाएको फोटो इन्स्ट्राग्राममा राख्दै उनले इन्गेन्जमेन्ट गरेको सार्बजनिक गरेकी हुन् ।

प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डेको अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै रविनाले लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’

इन्गेजमेन्टको फोटो सार्वजनिक भएपछि रविनालाई बधाईको ओइरो लागेको छ । सार्वजनिक फोटोमा रविनाका छोरा-बुहारीले समेत बधाई दिएका छन् । मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट राजिनामा दिएर मुम्बई गएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस