श्रृंखलासँग प्रेम टुटेको संकेत गर्दै सिसनले लेखे- बकवास अध्यायको यहीँ अन्त्य गरौँ

काठमाडाैँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सिसन बानियाँको प्रेम टुटेको चर्चाकैबीच सिसहनले त्यसको संकेत गरेका छन्। भ्लगर बानियाँले इन्स्टाग्राममा भूपू प्रेमिकाहरुलाई संबोधन गर्दै पोष्ट गरेका छन्।

जसले सिसन र श्रृंखलाको प्रेम टुटेको अड्कल काट्नेलाई बल पुर्याएको छ। प्रेम टुटेको संकेत गरे पनि उनले आफ्नो टुटिसकेको प्रेमको सुन्दर अनुभूतिलाई तहसनहस बनाउन मान्छेहरु लागेको पनि खुलाएका छन्।

‘भ्यालेन्टाइन डे’ चलिरहेका बेला उनले गरेको सम्बोधनले श्रृंखलासँग छुटेको बुझ्न सकिन्छ।

‘केही मानिसहरू कसैलाई दोषी देखाउन चाहन्छन् र जे भयो त्यो नाटकीय अवस्था सिर्जना गर्न लागि परेका छन्। मेरो सम्बन्धको सुन्दर अनुभूतिलाई तहसनहस बनाउन लागिपरिरहेका छन्’, सिसनले भनेका छन्।

तर उनले त्यो सम्बन्धमा पनि सम्झनलायक धेरै सम्झनाहरु भएको बताएका छन्। उनी थप्छन्, ‘मानिस क्रमशः विकसित हुँदै जान्छ, परिवर्तन अपरिहार्य छ। यसमा मलाई कुनै गुनासो छैन। मैले कसैलाई घृणा गर्दिन कसैसँग मेरो कुनै क्रोध छैन । म विगतमा सम्बन्धमा रहेका जोकोहीको भलो चिताउँछु । सफलताको कामना गर्छु। सबैभन्दा बढी म उनीहरूले शान्त जीवनयापन गरुन् भन्ने चाहन्छु।’

त्यसपछि उनले आफ्ना भूपूहरुलाई सम्झेका छन्। जसका कारण आफूलाई केही फरक नपर्ने उनको सन्देश छ।

‘मेरा भुपुहरू अहिले कोसँग छन् भन्ने कुराले मलाई केही फरक पार्दैन । म मेरा लागि पनि यही नै कामना गर्छु। मेरो विगतमा पनि धेरै गहिरा सम्बन्धहरू थिए। मेरा भूपू प्रेमिकाहरूप्रति मेरो सदैव माया र सम्मान रहिरहनेछ। उनीहरूकै कारणले आज म जहाँ छु त्यहाँ पुग्न सफल भएको छु। सबै रानीहरूलाई सम्मान’, सिसन लेख्छन्, ‘मेरा आफ्नै समस्याहरूले म चिन्तिन्त थिएँ। मेरो आफ्नै आत्म–द्वन्द्वात्मक विचारहरू, भ्रम र शंकाहरू थिए। तर, अहिले म आफ्नो काममा अत्यन्तै केन्द्रित भएको छु, सायद तपाईँहरूले यो महसुस पनि गर्नुभएको होला । त्यसैले त्यो बकवास अध्यायको यही अन्त्य गरौँ र अघि बढौँ।’

केही वर्षदेखि उनीहरु प्रेममा थिए। दुवैले प्रेममा रहेको सार्वजनिक गरे पनि प्रेम टुटेको विषयमा भने सिसनले संकेत मात्रै गरेका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस