उपराष्ट्रपतिद्वारा दर्जनौं कलाकर्मी सम्मान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले दर्जनाैं कलाकर्मीलाई सम्मान गर्नुभएकाे छ । बुधबार उपराष्ट्रपति भवन लैनचाैरमा आयाेजित एक बिशेष समाराेहमा उपराष्ट्रपति पुनले नेपाली चलचित्र क्षेत्रमा त्रिमूर्ति भनेर चिनिने नेपालको प्रथम नायिका भुवन थापा चन्द, हास्य साम्राज्ञी वसुन्धरा भुषाल, प्रथम रंगिन चलचित्रकी नायिका चैत्यदेवी सिंहलाई ‘विशिष्ट कला सम्मान’द्वारा सम्मानित गर्नुभयाे ।

सो अवसरमा कलाकार निर्देशक लय संगौला, डिजाइनर सुन्दर श्रेष्ठ, कलाकार निर्देशक मोहन निरौलाले समेत ‘विशिष्ट कला सम्मान’ प्राप्त गरे ।

ब्राण्ड यु पिक्चर्स प्राली र तारकेश्वर कला प्रतिष्ठानले निर्माण गरेको टेलिश्रृखला ‘अव जे होला होला’ को ५२ औं भागमा पुरा गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा ‘विषेश कला सम्मान’ चलचित्र निर्माता संघका अध्यक्ष नवाल खड्का, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार शिवहरी बैरागी, सुवास गजुरेल, निर्देशक शोभित बस्नेत, अभिनेत्री रस्मि भट्ट, किसोर भण्डारी, दमन रुपाखेती, शेखर खनाल, लोक गायक धुर्वराज खड्का, पत्रकार कृष्ण भुषाल, सानुकाजी श्रेष्ठ, कुबेर गिरी, गीता अधिकारी, दीपज्योती थापा, सुरेन्द्र थापालगायतलाई सम्मान गरिएकाे थियाे ।

समाराेहमा निर्देशक देबेन्द्र पाण्डे, नृत्य निर्देशक अजय कुमार विष्ट, कृष्ण रसाल, कलाकार राजु अधिकारी, मुकुन्द मैनाली, गायक चिरञ्जीबी भण्डारी, पत्रकार किरण अधिकारी, निर्देशक माधव राज खरेल, प्रकाश श्रेष्ठ लगायत थुप्रै कलाकार, प्राविधिक र टेलिचलचित्रका युनिटलाई समेत ‘कला सम्मान’ प्रदान गरिएको थियो ।

समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयाे । ‘प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्वपुर्ण भूमिका खेल्छ’ उनले भने ‘भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनिय छ ।’

ग्लोबल टेलिभिजनमा प्रसारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’का निर्माता निर्देशक कलाकार उत्तम केसी हुनुहुन्छ । टेलिश्रृंखलाको सफलताको खुसी सबै माझ बाड्न र कलाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिलाई सम्मान गर्न आफूले कार्यक्रम आयोजना गरेको कलाकार निर्देशक उत्तम केसीले बताउनुभयाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूजालाई समीक्षाको आग्रह- म तपाईँलाई दिदी मान्छु, यसरी पीडा नदिनुस्, प्लिज !

काठमाडौं । गायिका समीक्षा अधिकारीले फिल्म चलाउन आफूलाई बारम्बार प्रहार नगर्न अभिनेत्री पूजा शर्मालाई चेतावनी …

प्रतिकृया दिनुहॊस