मनॊरञ्जन

ब्लकब्लस्टर हुँदै शाहरुखको पठानले कमायो ७८० करोड

एजेन्सी । शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो। फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो। पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन । एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहले टिप्पणी गरेका छन् ।

पुरा पढ्नुहॊस »

अदिति श्रेष्ठले जितिन् ‘मिस ई-कलेज २०२३’ को उपाधि

काठमाडौं । काठमाडौँमा भएको ‘मिस ई-कलेज २०२३’ दशौं संस्करणको उपाधि भक्तपुर निष्ट कलेजमा अध्ययनरत १७ वर्षीय अदिति श्रेष्ठले जितेकी छिन् । सिजन मिडियाद्वारा बिहीबार आयोजित कार्यक्रममा १२ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले उपाधि लिन सफल भएकी हुन् । उनले मस्ट ट्यालेन्ट अवार्ड समेत जितेकी छिन् । साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट, लेटमिइनको तर्फबाट रु १० हजारको गिफ्ट भौचर र नेपाल एयरहोस्टेज एकेडेमीको तर्फबाट घडी उपहार प्राप्त गरेकी छिन् ।काठमाडौँको …

पुरा पढ्नुहॊस »

मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशबाट अडिसन हुने

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो। प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यसपटक सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ।

पुरा पढ्नुहॊस »

निफको जुरीमा प्रियंका र इन्द्र मनोनित

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा छनौट भएकी छन् । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले फिचर चलचित्र तर्फको जुरी सदस्यमा उनलाई छनोट गरेको हो । प्रियंकासँगै माया एकेडेमीका इन्द्रलाल बलामी पनि जुरीमै मनोनित भएका छन् । बलामी छोटा चलचित्र र बृत्तचित्र जुरी कमिटीमा मनोनित भएका हुन् । प्रियंका दर्जनौं फिल्म अभिनय गरेकी चर्चित अभिनेत्री हुन् भने इन्द्रलाल माया एनिमेसन एकेडेमी र माया स्टुडियोका …

पुरा पढ्नुहॊस »

तुलसी र रीताको स्वरमा ‘बसौन र तिमी र म’

काठमाडौं । रीता केसी र तुलसी सिवाकोटीको स्वरमा रहेको गीत ‘बसौन र तिमी र म’ सार्वजनिक भएको छ । रवि मल्लको शब्द-संगीत, दीक्षित पौडेलको संगीत संयोजन र चन्द्र चौधरीको ध्वनि सम्पादन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । केशवराज भट्टको निर्देशन एवं कोरियोग्राफर रहेको गीतको भिडियोमा विकाश लामिछाने र एलिया अधिकारीलाई फिचरिङ गरिएको छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा दीनशन शाहको कलर-सम्पादन छ । गीततको भिडियो तुलसी सिवाकोटी अफिसियल …

पुरा पढ्नुहॊस »

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२३ को मनोनयन सार्वजनिक

काठमाडाैँ । पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्पर्धा रहेकाे अवार्डमा कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रकृया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम …

पुरा पढ्नुहॊस »

‘छक्का पञ्जा ४’ को ‘’दर्शन सलाम’’ गीत सार्वजनिक

काठमाडौं । आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ। लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन्। चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका …

पुरा पढ्नुहॊस »

आइटम गीतका लागि दुई करोड पारिश्रमिक

एजेन्सी । चलचित्र ‘वाल्टेयर विरैया’को आइटम गीतका लागि अभिनेत्री उर्वशी रौतेलाले करोडौं पारिश्रमिक लिनुभएको छ । उहाँले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नृत्यका लागि दुई करोड भारतीय रूपैयाँ पारिश्रमिक लिनुभएको हो । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने, चलचित्रको कमाई पनि उत्कृष्ट रहेको छ । चिरञ्जीवीले यो चलचित्रमा काम गरेबापत करिब ५० करोड भारतीय रूपैयाँ लिनुभएको थियो । चलचित्रका …

पुरा पढ्नुहॊस »

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट

काठमाडाैँ । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गर्नुभएको हो । अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त …

पुरा पढ्नुहॊस »

चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’ निर्माणको आधिकारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा ‘पशुपति प्रसाद’ रिलिजको सात वर्षको अवसरमा निर्माण कम्पनी टुकी आर्टस प्रालिले केक काटेर खुशीयाली मनाउँदै सिक्वेल घोषणा गरेको हो । निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने फेञ्चाइजको नाम ‘पशुपति प्रसाद २ : भष्मे डन’ जुराइएको छ । अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने चलचित्रको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनुहुनेछ । उहाँ ‘पशुपति …

पुरा पढ्नुहॊस »