मनॊरञ्जन

लोकदोहोरी गायक भीम पौडेलको निधन

काठमाडौँ । लोक दोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुँदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् । उनको घरमै निधन भएको हो । ‘लामो समयदेखि उनी लोकदोहोरी गायनमा सक्रिय थिए । दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्’, अध्यक्ष बिजीले भने, ‘उसले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा …

पुरा पढ्नुहॊस »

अश्विनीलाई राष्ट्रिय ब्युटी पेजेन्ट तथा फेशन कोरियोग्राफर सम्मान

काठमाडौं । नेपालको मोडलिङ उद्योगमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै चौथो एपिक नेपाल म्युजिक अवार्ड समारोहमा चर्चित फेशन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झालाई सम्मान गरिएको छ । भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको दुई पोखरीमा आयोजित अवार्ड समारोहमा नेपालको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अश्विनीलाई व्यक्तिगत रूपमा बधाई दिँदै उहाँको उपलब्धिको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले अश्विनीलाई सम्मान पत्र प्रदान गर्दा मानवसेवा आश्रमका संरक्षक तथा ओलीकी धर्मपत्नी राधिका शाक्य, सूर्यविनायक …

पुरा पढ्नुहॊस »

हरिवंशद्वारा विद्युतीय कार खरिद

काठमाडौं । कलाकार हरिवंश आचार्यले विद्युतीय एसयुभी ‘बिवाइडी एटो-३’ खरिद गर्नुभएको छ । उहाँ बिवाइडी एटो-३ को ब्राण्ड एम्बासडरसमेत हुनुहुन्छ । गाडी डेलिभरी लिएपछि उहाँले फेसबुकमा ‘आजबाट म पनि देशमै उत्पादित विद्युत्बाट चल्ने बिवाइडीको बिजुली गाडीमा’ भन्ने स्टाटस लेखेर पोस्ट गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘बिवाइडी एटो-३ मेरो कारका रूपमा पाउँदा अत्यन्तै खुसी छु, मलाई विश्वास छ, यो कारले मलाई उत्कृष्ट ड्राइभिङ अनुभवमात्र दिनेछैन, पर्यावरण जोगाउन पनि उत्तिकै महत्वपूर्ण …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीसँग चलचित्रकर्मीको अन्तक्रिया

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चलचित्रकर्मीले अन्तक्र्रिया गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा चलचित्रकर्मीले अन्तक्रिया गरेका हुन् । कार्यक्रममा नेपालको चलचित्र उद्योग, यसका विभिन्न पक्ष, समस्या र समाधानका विषयमा अन्तक्र्रिया भएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कल्याण कोषकी संस्थापक एवं संयोजक वसुन्धरा भुसाल र उद्योग वाणिज्य महासंघअन्तर्गतको मनोरञ्जन फोरमका संयोजक तथा चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रका समस्या राख्नुभएको …

पुरा पढ्नुहॊस »

एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको अर्को संस्करण न्यूयोर्कमा

काठमाडौं । अमेरिकामा सम्पन्न भएको ‘एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौं संस्करणमा विभिन्न कारणले उपस्थित हुन नसकेका चलचित्रकर्मीलाई काठमाडौंमा अवार्ड प्रदान गरिएको छ । अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्डका विजेतालाई काठमाडौंमा अवार्ड प्रदान गरिएको हो । विगत पाँच वर्षदेखि चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ प्रदान गरिँदै आएको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी गराउनुभयो । ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने …

पुरा पढ्नुहॊस »

सारेगम लिटिल च्याम्सको ट्रफी सिक्किमकी जेतशेन डोहना लामालाई

एजेन्सी । गायन रियालिटी सो सारेगम लिटिल च्याम्सको ट्रफी सिक्किमकी जेतशेन डोहना लामाले चुम्नु भएको छ । ग्राण्ड फिनालेमा ९ वर्षकी लामाले यो सिजनको सारेगम लिटिल च्याम्सको उपाधि चुम्दा हर्ष सिकन्दर फष्ट रनरअप बन्नुभयो भने न्यानेश्वरी घाडगे सेकण्ड रनर अप बन्नुभयो । यो प्रतियोगिताको निर्णयक मण्डलमा शंकर महादेवन, अनु मिलक र नीति मोहन रहनुभएको थियो । भारती सिंह रियालिटी शोको होस्टका रूपमा रहनुभएको थियो । बलिउड सुपरस्टार ज्याकी श्राफ, निर्माता …

पुरा पढ्नुहॊस »

विवाह बन्धनमा बाँधिए आथिया र केएल राहुल

एजेन्सी । अभिनेत्री आथिया शेट्टी र क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरूले सोमबार सुनिल शेट्टीको खन्डाला घरमा विवाह गरेका हुन् । विवाहमा कलाकार र खेल गतका व्यक्तिहरूको उपस्थिति थियो । आथियाले आफ्नो इन्स्टाग्राममा विवाहको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । जसमा दुवैले एकअर्कोको हात समाएर फेरो लगाएको देख्न सकिन्छ । तस्बिरका साथ उनले राहुलको उज्यालोमा माया गर्न सिकेको समेत बताएकी छन् । आथिया शेट्टीका एल राहुलले …

पुरा पढ्नुहॊस »

दीपकराज गिरी भन्छन्- ‘रवि, बालेनहरूलाई ५ वर्ष त विश्वास गरौँ’

काठमाडाैँ । चलचित्र निर्माता एवं कलाकार दीपकराज गिरीले रवि लामिछाने र बालेन शाहहरूलाई कम्तिमा ५ वर्ष विश्वास गर्नुपर्ने बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीको आलोचना भएपछि गिरीले यस्तो बताएका हुन् । कांग्रेस, एमाले, माओवादीलाई वर्षौं विश्वास गरेको उल्लेख गर्दै रवि र बालेनहरूलाई ५ वर्ष विश्वास गर्नुपर्ने उनको धारणा छ । ‘हामीले कांग्रेस, एमाले, माओवादीलाई वर्षौँ …

पुरा पढ्नुहॊस »

ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमडौं । अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा आयोजना भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ‘टाइटन’ मा ऋचाले उक्त अवार्ड जितेकी हुन् । सिड्नीमा फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । ‘हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको संघर्षलाई प्रस्तुत गरिएको छ’, अभिनेत्री शर्माले भनिन् । साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य …

पुरा पढ्नुहॊस »

प्रसाद-२ फेरि विवादमा, कोरस डान्सर ढल्दा पनि नउठाएको आरोप (भिडियोसहित)

काठमाडौँ । चलचित्र ‘प्रसाद-२’ फेरि विवादमा तानिएको छ । कास्कीको माछापुच्छ्रेमा भएको सुटिङमा एक जना कोरस डान्सर ढलेपछि पनि निर्माता युनिटले बेवास्ता गरेको भन्दै अहिले विवादित बनेको हो । चलचित्र टिमले मानवीय संवेदना नदेखाएको भन्दै सामाजिक अभियन्ता गिभिना मगरले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेकी छन् । उनले अभिनेत्री केकी अधिकारी र अभिनेता विपिन कार्कीमाथि आरोप लगाएकी छन् । मगरका अनुसार फिल्मको गीतको सुटिङका क्रममा नाच्दै गरेकी सपना नाम गरेकी …

पुरा पढ्नुहॊस »