मनॊरञ्जन

मल्टिप्लेक्स हलबाट उत्रियो फिल्म ‘२.० छड्के’

काठमाडौँ । स्टार अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट बाहिरिएको छ । छड्के फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौँ दिनमा उतारेको हो । अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले भने एक-एक शो उपलब्ध गराएको छ । अनमोल केसीको छैटौँ दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो । अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो । एकै दिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा …

पुरा पढ्नुहॊस »

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया नेपालमा

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आएकी छिन् । तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएकी हुन् । उनले नेपालमा होली मनाएको तस्वीर पोस्ट गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै शुभकामना समेत दिएकी छन् । तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’ मा निकै चर्चामा थियो । ‘बाहुबली’ का दुवै श्रृंखलाले नेपालमा आक्रात्मक कमाइ गरेका थिए । तमन्ना कति समय नेपाल …

पुरा पढ्नुहॊस »

चलचित्र ‘जुलेबी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको फर्स्ट लुकलाई कलात्मक रुपमा बनाइएको छ । एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ । चार नारी पात्रको कथा समेटिएको याे चलचित्रलाई नारीहरुको …

पुरा पढ्नुहॊस »

सागर लम्साल ‘बले’ लाई पितृशोक

काठमाडौं । बरिष्ठ लोकगायक एवं कलाकार सागर लम्साल ‘बले’ का बुवा राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लामोसमयदेखि स्पेनमा बस्दै आएका लम्सालको निधन भएको अमेरिकामा रहेका बरिष्ठ लोकगायक भगवान् भण्डारीले जनाएका छन् । भण्डारीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, दुःखद खबर ! आदरणिय अग्रज राजेन्द्र लम्साल दाजु हजुरको बैकुण्ठ बास् होस् । हार्दिक श्रद्धा सुमन !’ लामोसमयदेखि स्पेनमा रहेका लम्सालको स्पेनमै निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ । …

पुरा पढ्नुहॊस »

वृत्तचित्र ‘योगमाया’ निर्माण हुने

काठमाडौं । महिला साधक ‘योगमाया’को जीवनमा आधारित वृत्तचित्र ‘योगमाया’ निर्माण गर्ने घोषणा गरिएको छ । भीमादेवी मल्टी क्रियशन तथा आरम्भ नेपालले संयुक्तरूपमा निर्माण गर्ने यो वृत्तचित्रका लागि कलाकारहरू सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, बासुदेव खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकार रहने जनाइएको छ । मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई प्रारम्भमा वृत्तचित्र र त्यसपछि चलचित्रको रूपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भीमा मैनालीले जानकारी गराउनुभयो । राणा शासनको …

पुरा पढ्नुहॊस »

मनमा रिस र प्रतिशोध केहि छैन, कसैलाई गाली नगरिदिनु होला : पल शाह

काठमाडौं । नाबालिगत बलात्कारको आरोपमा जेल परेल एक वर्षपछि सफाइ पाएर रिहाइ भएका अभिनेता पल शाहले आफू फेरि पुरानै संघर्षशील दैनिकीमा फर्किएको बताएका छन् । सोमबार होली पर्वको शुभकामना व्यक्त गर्दै उनले बितेको एक वर्षलाई आफूले सिकाइको उर्बर समयको रुपमा लिएको उल्लेख गरेका छन् । ‘मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना । छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य …

पुरा पढ्नुहॊस »

अनेसासको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा अभिनेत्री पूजा चन्द

काठमाडौं । अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा नायिका पूजा चन्द चयन भएकी छन् । समितिको उपाध्यक्षमा मधुकर अधिकारी, महासचिवमा सहदेव कोइराला, कोषाध्यक्षमा सन्दीप कोइरालालाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा मोज शाही, भावना विष्ट र भीम विक्रम शाहीसहितको कार्यसमिति गठन भएको छ । समितिको पहिलो बैठकले डा. श्याम कार्की, डा. हयारी भण्डारी, गौतम दाहाल, डा. उत्तम गौली, अर्जुन हमाल, र पारस श्रेष्ठलाई सल्लाहकार समितिमा चयन गरेको छ । …

पुरा पढ्नुहॊस »

शरद भेषवाकरसँग अंश माग्दै निशा अधिकारीले हालिन् मुद्दा

काठमाडौं । क्रिकेटर शरद भेषावकरविरुद्ध उनकी पत्नी अभिनेत्री निशा अधिकारीले अदालतमा मुद्दा दायर गरेकी छन् । निशाले जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन् । आइतबार उक्त मुद्दामा सुनुवाई समेत भएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सुनुवाईपछि शरदको सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ । शरदको सम्पत्ति विवरण प्राप्त भइसकेपछि अदालतले अंश मुद्दा टुंग्याउने छ । निशाले आफूसँगै छोराका लागि पनि अंश माग गरेकी छन् । केही …

पुरा पढ्नुहॊस »

माधव भण्डारीको ‘मालती’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक माधव भण्डारीको स्वरमा रहेको गीत ‘मालती’ सार्वजनिक भएको छ । भण्डारीलाई स्वरमा रूपी सिंजालीले साथ दिनुभएको गीतको भिडियो सार्वजनिक भएको हो । भण्डारीकै लय, शब्द, एरेञ्ज रहेको गीतको भिडियोलाई शुक्र लामाले निर्देशन गर्नुभएको छ । भिडियोमा निर्देशक लामासँगै सीता तामाङलाई फिचरिङ गरिएको छ । मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन रहेको गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भण्डारीको पछिल्लो गीत …

पुरा पढ्नुहॊस »

बद्रीको ‘पैसा सापटी’ लाई श्रोता/दर्शकको साथ

काठमाडौं । ‘पैसा सापटी दिएपछि बोलचाल हरायो, पैसा सापटी दिएपछि साथी हरायो’ लोकप्रिय लोकगायक बद्री पंगेनीले सामाजिक विषयमा तयार पारेको यो गीत सार्वजनिक भएको तीन दिनमा १० लाख बढीले हेरिसकेका छन् । आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सपाट लिने र तिर्ने बेलामा सयौं बहाना बनाएर लापत्ता हुने विषयमा उहाँले गायिका रचना रिमालका साथ गाएको यो गीतलाई रिलिज भएलगत्तै दर्शक श्रोताले मन पराएका छन् । आफन्त र साथीभाइलाई सहयोग …

पुरा पढ्नुहॊस »