प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन्। बारको सल्लाहकार समितिको बैठक सुरु हुन लाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो। बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए। बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन्। प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र …
पुरा पढ्नुहॊस »घरजग्गाको मूल्य वार्षिक २६ प्रतिशतले वृद्धि, गण्डकी प्रदेशमा सबैभन्दा बढी
घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो। मालपोत कार्यालयको विवरणका आधारमा भने औसतमा १९.४५ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ। घरजग्गाको मूल्यमा आउने अस्वाभाविक उतारचढावले मुलुकको समग्र आर्थिक स्थायित्वमा नै प्रतिकूल प्रभाव पार्न सक्ने र यस क्षेत्रको मूल्य स्थितिका सम्बन्धमा जानकारी राख्नुपर्ने …
पुरा पढ्नुहॊस »माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। पेरिसडाँडामा शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। एमसीसीको विरोधमा प्रचण्ड र माओवादी केन्द्र उत्रिएका बेला अमेरिकी मन्त्रीले चासो राखेका हुन्। एमसीसीमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने बताउँदै आएका छन्।
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २९६ जनामा संक्रमण पुष्टि, ३६९ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा ३६९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै २९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जना गरी २९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४९४ पुगेको …
पुरा पढ्नुहॊस »योगले स्वस्थ जीवनका लागि महत्वपूर्ण भूमिका खेल्छः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन्। पतञ्जली योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको आज उद्घाटन गर्दै उनले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको धारणा व्यक्त गरे। प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि …
पुरा पढ्नुहॊस »कर्णाली प्रदेशः मुख्यमन्त्री शाहीले मङ्सिर १४ गते विश्वासको मत लिने
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्। “नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ”, प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। बैठकमा उपस्थितिका …
पुरा पढ्नुहॊस »प्रधानन्यायाधीश जबराले ताेके २२२ मुद्दाको पेसी
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन्। आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन्। तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन्। गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन्। यता न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ।
पुरा पढ्नुहॊस »बार परिसरभित्र पसेर वकिलहरुको ‘कालो कोट’ च्याति दिने धम्की दिनेहरु पक्राउ
काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानून व्यवसायीहरूलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले बिहीबार बार परिसरभित्रै प्रवेश गरेर वकिलहरूलाई ‘कालो कोट च्यात्ती दिने’ र कुट्ने धम्की दिएका थिए । दुई पक्षबीच विवाद बढ्दै गएपछि ती दुई जनालाई प्रहरीले बार परिसरबाट बाहिर निकालेको थियो । ढकाल काठमाडौँ महानगरपालिका-६ बौद्ध …
पुरा पढ्नुहॊस »राष्ट्रिय सभा निर्वाचन माघ १२ गते
काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको बताइन् । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् …
पुरा पढ्नुहॊस »राप्रपाले फेरि सार्यो महाधिवेशन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ । पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सारेको हो । राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले विज्ञप्ति जारी गर्दै बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् । राप्रपाले मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ । …
पुरा पढ्नुहॊस »