‘सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो, आफै बचौँ’

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको बताएका छन् । सचिव भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेकाले आफू बच्न र अरूलाई बचाउन आग्रह गरेको हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अवस्था सरकारको काबु बाहिर गइसकेको जिकिर गरे । ‘अवस्था सरकारको काबु बाहिर गइसकेको,’ उनले भनेका छन्, ‘सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो । आफू बचौँ र अरूलाई पनि बचाऔँ !’

कोरोना नियन्त्रणमा सरकार असफल भएको नेता भट्टराईको दाबी छ । ६० प्रतिशतले खोप नपाएकाले सार्वजनिक सेवा तथा स्थानका लागि खोप कार्ड अनिवार्य गरिनु न्यायोचित नभएको उनको भनाई छ । ‘बजारमा सिटामोल छैन, स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अस्पताल बन्द,’ उनले अगाडि भनेका छन्, ‘स्वास्थ्यकर्मीको अभावमा खोप कार्यक्रम बन्द । सार्वजनिक स्थलमा खोप कार्ड खोजिन्छ तर, ६० प्रतिशतले खोप नै पाएका छैनन् ।’

नेता भट्टराईले खोप केन्द्रीय भण्डारमा भएपनि जिल्ला जिल्लामा पुग्न नसकेको बताए । ‘खोप केन्द्रीय भण्डारमा छ तर जिल्ला जिल्लामा छैन, किनकि प्रदेश र जिल्लामा भण्डारण केन्द्र नै छैन, खोप छ तर सिरिन्ज छैन, सिरिन्ज आउँछ फेरी खोप आउँदैन,’ उनले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस