सुहाङ नेम्वाङलाई इलाम-२ बाट उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचनन क्षेत्र खाली थियो । सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कानून व्यवसायीमा रुपमा लागेको सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाइ सकेका थिए । त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।

दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उनले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस