ललितपुर महानगरकाे मेयरमा चिरिबाबु महर्जन विजयी

ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् ।उनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् ।

ललितपुरमा ८६ हजार ५४० मत खसेकोमा महर्जनले ४२ हजार ७२२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५६० मत ल्याउन सफल भए ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य विजयी भएकी छन् । शाक्यले गठबन्धनबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई ६ हजार ३३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्राचार्यले १८ हजार ७५२ मात्र मत प्राप्त गरे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस