Tag Archives: mainnews

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचनाजारी गरेका हुन् । निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको थियो । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते रिट दायर …

पुरा पढ्नुहॊस »

रविले भने- ‘सटर बन्द गर्न परे गर्छु तर, कुनै लुटेराको पैसाले पार्टी चलाउने छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् । कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्व सन्ध्यामा रास्वपाले इलामको दउमाई …

पुरा पढ्नुहॊस »

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो । २०८० साल जेठ २१ गते त्रिभुवन शाहले गौरमा भएको नरसंहारकारी हत्या काण्ठको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ दायर भएको रिटमा बुधबार आदेश आएको हो । २०६३ …

पुरा पढ्नुहॊस »

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

पुरा पढ्नुहॊस »

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार ती समझदारी भएको हो । कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच …

पुरा पढ्नुहॊस »

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सञ्चालन गरेको छ । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृशिशु मृत्युदर घटाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । काठमाडौं महानगरपालिकासँग समन्वय गरी महानागरनगरपालिकास्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका ४५ जना अनमीहरुका लागि कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले …

पुरा पढ्नुहॊस »

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् । सहमतिको विस्तृत विवरण साार्वजनिक भइसकेको छैन ।* कतारी अमिरको सम्मानमा …

पुरा पढ्नुहॊस »

मंगलबार २७ सयले घटेको सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बुधबार) घटेको छ । मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच एक्लाएक्लै वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड र अमिरबीच सोल्टी होटलमा भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल-कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा …

पुरा पढ्नुहॊस »