काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यन्वयनमा आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । अर्थमन्त्रालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएा हुन् । बजेट प्रणालीमा सुधार गर्ने गरी बजेट ल्याइएको उनले बताए ।
पूँजीगत (विकास) बजेट खर्च नहुने समस्या समाधान हुने गरी आगामी आर्थिक वर्षको बजेट ल्याइएको बताएका छन् । ‘पुँजीगत खर्च प्रणालीमा देखिएको समस्या सुधार गर्ने गरी बुँदागत व्यवस्था बजेटमा आएको छ,’ मन्त्री महतले भने,‘ त्यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौं ।’
ऋणको साँवा ब्याज दायित्व र समाजिक सुरक्षा दायित्व बढेकाले पुँजीगत खर्च घटेको मन्त्री महतले जानकारी गराए । ‘चालु आर्थिक वर्षमा विकास बजेट ४ खर्ब ७१ अर्ब विनियोजन गरिएको छ,’ महतले भने, ‘हामीले पुँजीगत खर्चलाई मात्रै विकास बजेट भन्नु हुँदैन ।’
तपाईंको प्रतिकृया




