पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि इटली गएपछि प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने भएका छन् । शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मीका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणमा गएकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य रक्षामन्त्री खड्काले सम्हाल्ने छन् ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली गएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री