Tag Archives: mainnews

कोशी प्रदेश : भाग मिलाउन मुख्यमन्त्रीको शपथ सारियो

काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथकाे समय सरेको छ । आज बिहान साढे १० बजे लिने भनेको शपथ बेलुका ५ बजेलाई सरेको हो । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले शपथको कार्यक्रम साढे १० बजेबाट ५ बजेलाई सरेको जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयबाट केही मन्त्रीसहित बिहान साढे १० बजे शपथ हुने बताइएको थियो । यसअघि मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री थापाले आफ्नो यसअघिकै …

पुरा पढ्नुहॊस »

सभामुख छाडेका बाबुराम मन्त्री बन्दै

काठमाडौँ । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । मंगलबार सभामुख पदबाट राजीनामा दिएका गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको हो । स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । मुख्यमन्त्री पछि दोस्रो वरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको बताइन्छ । सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री …

पुरा पढ्नुहॊस »

ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ सस्तो, पेट्रोल र डिजेलको मूल्य बढ्यो (नयाँ मूल्यसूची सहित)

LP-Gas/ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आजदेखि लागू भएको नयाँ मूल्यअनुसार प्रति सिलिन्डर १३० रुपैयाँले घटाइएको हो । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको हो । यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी …

पुरा पढ्नुहॊस »

प्रवासीलाई स्वदेश फर्किन रास्वपाको अपिल, तत्काल सयबढी रोजगारीको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा गरेका हुन् । सभापति लामिछानेले विदेशी पत्रिका तथा चोकहरूमा विज्ञापन गरी इच्छुक नेपालीलाई फ्री टिकटमा फर्किन आग्रह गरेका छन् । ‘यी विज्ञापनहरू विभिन्न देशका पत्रीका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन्, छापिँदै छन् । चुनावमा आफूले बोले अनुसार …

पुरा पढ्नुहॊस »

आफ्नै घरको आठौँ तलाबाट हामफालेका न्यूरोडका कपडा व्यापारीको मृत्यु

काठमाडौँ । न्यूरोडमा एकजना व्यापारीले ८ तला माथिबाट हामफालेका छन्। आफ्नै घरको आठौं तलाबाट हामफालेका ५५ वर्षीय संजय गुप्ताको ज्यान गएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर-२५ मासागल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचार गर्न तत्काल लगिए पनि बाटैमा मृत्यु भएको हो। वीर अस्पतालका चिकित्सकहरुले उनलाई मृत घोषणा गरे। मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा उनले हामफालेका हुन् । घटनाबारे प्रहरी वृत्त जनसेवाले थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरले जनाएको छ।

पुरा पढ्नुहॊस »

मनसुनी वायुको प्रभाव, यी ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र …

पुरा पढ्नुहॊस »

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ ९२० अनुसार नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि बिहान १०ः३० बजे हुने बताइएको छ । नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । आजै सभामुख बाबुराम गौतमले बहुमत …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो नयाँ सूची, स्वचालित प्रणालीअनुसार मूल्य बढ्ने

काठमाडौँ । भारतीय आयल कर्पोरशेन (आईओसी)बाट मूल्य बढेको नयाँ सूची नेपाल आयल कर्पोरेशन(एनओसी)ले प्राप्त गरेको छ । हरेक महिनाको १ र १६ तारिकमा प्राप्त गर्ने नयाँ मूल्य सूची अनुसार यस पटक १ अगस्टमा प्राप्त सूची अनुसार पेट्रोलिम पदार्थको मूल्य बढेको छ । उक्त सूची अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई …

पुरा पढ्नुहॊस »

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, एक अर्ब रुपैयाँ लाग्ने अनुमान

काठमाडौँ । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रुपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्यत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरु निर्माण गरिने छन् । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र …

पुरा पढ्नुहॊस »

थुनामुक्तको माग लिएर उच्च अदालत पुगे बालकृष्ण र टोपबहादुर

काठमाडौं । आफूहरुलाई थुना मुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझी र बालकृष्ण खाँणले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पाटनमा रिट दिएका हुन् । उनीहरुसँगै सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलालसहित थुनामा रहेका अभियुक्तहरु उच्च अदालत पुगेका छन्। थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध केही दिनअघि नै …

पुरा पढ्नुहॊस »