ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँ सस्तो, पेट्रोल र डिजेलको मूल्य बढ्यो (नयाँ मूल्यसूची सहित)

LP-Gas/ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य ह्वात्तै घटाएको छ । आजदेखि लागू भएको नयाँ मूल्यअनुसार प्रति सिलिन्डर १३० रुपैयाँले घटाइएको हो ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि एलली ग्यासमा नाफा नखाने नीति लिएको छ । अन्य पेट्रोलियम पदार्थमा नाफा लिने भएपनी एलपी ग्यासमा नाफा नलिने नीति लिएको हो । यससँगै अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १६६० रुपैयाँ पर्ने भएको छ । यसअघि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १७९० रुपैयाँ थियो ।

निगमले स्वचालित प्रणालीअनुसार पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ । पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।

CamScanner-08-01-2023-21.09_page-0001

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री