काठमाडौं । नेपाली काँग्रेसले महासमिति बैठक तयारीका लागि समिति गठन गरेको छ । काँग्रेस केन्द्रिय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको हो ।
नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको जानकारी दिए।
यस्तै, महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठकका लागि आवश्यकताअनुसार थप समिति बनाउने अधिकार सभापतिले दिएको पनि बताए।
उनले भने, ‘नेपाली काँग्रेसको बैठकमा नौ वटा बुँदामा निर्णय गरेका छौँ । महासमितिको बैठकलाई कसरी भव्य र सभ्य बनाउने बारे मुख्यतः तिन ओटा समिति गठन भएका छन् । सभापती शेरबहादुर देउवाको संयोजकत्वमा मुल आयोजक समिति बन्छ । उपसभापती पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति बन्छ ।
तेस्रो महामन्त्री गगन थापाको संयोजकत्वमा सांगठनिक प्रतिवेदन तयारी समिति बन्छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक राजनितिक प्रश्ताव तयार गर्ने समिति रहन्छ । अन्य समितिहरु सभापती ज्यूले आवश्यकता अनुसार गठन गर्दै लैजाने निर्णय भएको छ। आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय भएको छ।
प्रतिकृया दिनुहॊस