काठमाडौं । राहत शिक्षकहरूले आज (सोमबार) पनि सडक आन्दोलनलाई जारी राखेका छन् । आफूहरूका माग सम्बोधन नभएको भन्दै सडक प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूले सडकमै सुतेर विरोध जनाएका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको नेतृत्वमा राहत शिक्षकहरूले लगातार प्रदर्शन गर्दै आएका छन् । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरूले आफूहरूका माग सम्बोधन नभएको बताउँदै आएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।
राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रतिकृया दिनुहॊस