Tag Archives: mainnews

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा खटायो दुई महामन्त्री, गर्नुपर्नेछ यी ७ काम

काठमाडौँ । नेपाली कांग्रेसले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि महामन्त्रीद्वय थापा र शर्मा बुधबार त्यसतर्फ गएका हुन् ।

पुरा पढ्नुहॊस »

जाजरकोटबाट फर्किएर रविले प्रधानमन्त्रीलाई दिएको १४ बुँदे सुझावमा के-के छन् (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् । ‘मिति २०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्यमा सरकारले देखाएको तदारुकताका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल प्रहरी, नेपाली …

पुरा पढ्नुहॊस »

६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीले पाए सफाइ

bhimkanta-bhandari_pYc0KaUphj/६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीले पाए सफाइ

काठमाडौँ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सर्वदलीय बैठकमा गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति

काठमाडौँ । मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलका शीर्ष नेतृत्वले जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सिंहदरबारमा बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । शीर्ष नेताले दलहरुबीच …

पुरा पढ्नुहॊस »

जाजरकोट पुगेर राष्ट्रपतिले भने- चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । राष्ट्रपति पौडेलले भूकम्पमा परेर घाइते भएकाहरूलाई जाजरकोट अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका छन् । भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए । ‘तपाईंहरूका लागि अल्पकालिन र दीर्घकालिन …

पुरा पढ्नुहॊस »

धनुषाका एसपी विश्वराज खड्काको जिम्मेवारी खोसियो

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ । खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागि साहको परिवारले …

पुरा पढ्नुहॊस »

कांग्रेसले प्रधानमन्त्रीलाई ५० लाखको चेक, भूकम्प पीडितलाई तत्काल राहत दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो चेक हस्तान्तरण गरेका हुन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चेक हस्तान्तरणमा महामन्त्रीद्वय …

पुरा पढ्नुहॊस »

क्यानले टि२० विश्वकपमा पुग्ने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टि२० विश्वकप २०२४ मा स्थान बनाउने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने भएको छ । नेपालले बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।

पुरा पढ्नुहॊस »

ढोरपाटनमा ट्याक्सी खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन-२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड-६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको …

पुरा पढ्नुहॊस »