काठमाडौं । ओमानले नेपाललाई सुपर ओभरमा ११ रनले पराजित गरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछाएको नेपालले एक विकेट गुमाउँदै १० रन मात्र बनाएपछि फाइनलमा ११ रनले पराजित भएको हो । सुपर ओभरमा ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरेका थिए । ओमानले सुपर ओभरमा पहिला ब्याटिङ गर्दै ओमानले २१ रन बनाएको थियो । सुपर ओभरमा नेपालका लागि अविनाश बोहोराले बलिङ गरेका थिए । टी-२० विश्वकप छनौटको …
पुरा पढ्नुहॊस »इजरायलमा मारिएका सबै १० विद्यार्थीको शव नेपाल ल्याइयो
काठमाडौँ । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । गए राति फ्लाइ दुवइको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ । इजरायलमा हाललाई उद्धार कार्य करिब करिब …
पुरा पढ्नुहॊस »भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारका लागि राहत घोषणा गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ …
पुरा पढ्नुहॊस »भूकम्पमा मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तलाई बुझाइयो
काठमाडौं । शुक्रबार राति आएको भूकम्पमा परी ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ । जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरि आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । ३७ जनाको शव भने बुझाउन बाँकी रहेको छ । भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने …
पुरा पढ्नुहॊस »भूकम्पबाट घाइते सबैको सरकारले निःशुल्क उपचार गर्ने
काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको हो । त्यसका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए । घाइतेहरूको रेस्क्यु लगभग सकिएकाले अब पीडितहरूको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाई छ । शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ …
पुरा पढ्नुहॊस »भूकम्पमा अस्ताए दिदीबहिनी : अस्ट्रेलिया उड्दै थिइन् उपासना, एमबीबीएस तयारीमा थिइन् ऊर्जा
काठमाडौँ । जाजरकोट केन्द्र भएर शुक्रबार मध्यराति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा गोरखबहादुर सिंहले दुई छोरी गुमाए । मस्त निन्द्राको समयमा सँगै बस्दै आएका एक आफन्तको पनि ज्यान गयो । गोरख आफै, श्रीमती र एक छोरी पनि घाइते छन् ।
पुरा पढ्नुहॊस »धनगढीबाट बाजुरा जाँदै गरेको बोलेरो डोटीमा खस्यो, चार जनाको घटनास्थलमै मृत्यु
काठमाडौँ । डाेटीमा जीप दुर्घटना हुँदा चार जनाकाे मृत्युु भएकाे छ भने पाँच जना घाइते भएकाे छन् । आइतबार बिहान शिखर नगरपालिका- ६ काे अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा चार जनाकाे घटनास्थलमै मृत्युु भएकाे छ । मृत्युु हुनेमा बाजुराकाे हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छाेरा कबिन्द्र …
पुरा पढ्नुहॊस »भूकम्प प्रभावित दुई जिल्लालाई ५/५ करोड तत्काल पठाउने निर्णय
काठमाडौं । सरकारले भुकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५/५ करोड रुपैया पठाउने निर्णय गरेको हो । सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो । सो रकम विपद् जोखिम न्यूनीकरण तथा …
पुरा पढ्नुहॊस »मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले कोशी सरकारबाट बाहिरियो
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए । आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो । राना गत असोज २७ गते मन्त्री …
पुरा पढ्नुहॊस »भूकम्प प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट, १३२ जनाको मृत्यु पुष्टि
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाको टोलीले काम गरिरहेको छ । दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागी सैनिक परिचालन गरिएको हो । खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको ४ वटा एयरक्राफ्ट परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) कृष्णप्रसाद भण्डारीले जानकारी दिए । काठमाडौँबाट स्काई ट्रक र ३ वटा हेलिकप्टरमा मेडिकल सामग्री सहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ । सैनिक प्रवक्ता भण्डारीकाअनुसार प्रभावित …
पुरा पढ्नुहॊस »