bhimkanta-bhandari_pYc0KaUphj/६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीले पाए सफाइ

६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीले पाए सफाइ

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ । मङ्गलवार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएकोमा अदालतले सफाइ दिइएको हो । ०७९ असार ३ मा अख्तियारले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्धा चलाएको थियो ।

०७३ असोज २१ मा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले साउन ०७७ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका थिए । उनले सरकारी सेवा सुरु गरेदेखि पुस ०७८ सम्म आर्जन गरेको सम्पत्तिलाई गणना गरी मुद्दा चलाइएको थियो ।

अख्तियारले भण्डारीको कुल आय २६ लाख ६१ हजार रुपैयाँ हुनुपर्नेमा त्यसभन्दा निकै बढी सम्पत्ति आर्जन तथा लगानी रहेको दाबी गरेको थियो । साढे ६ करोड रुपैयाँभन्दा बढीको व्यय र सम्पत्ति देखिएपछि भण्डारीलाई प्रतिवादी बनाउँदै मुद्दा चलाइएकोमा विशेषले अख्तियारको दाबी नपुग्ने फैसला गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस