काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नवनियुक्त निर्वाचन अधिकृतले पुस १६ मै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने उनको …
पुरा पढ्नुहॊस »सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बुधबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्म कै बढी हो । …
पुरा पढ्नुहॊस »वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध पत्नी जानकीले दिइन् हिंसाको मुद्दा
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध बुधबार मुद्दा दायर गरेकी हुन् । अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले शारीरिक, मानसिक, आर्थिक र यौनजन्य शोषण गरेको आरोप लगाएकी छन् । निवेदन अधिवक्ता डा. भण्डारीले विवाह लगत्तैदेखि आफूमाथि विभिन्न लाञ्छना लगाई दुर्व्यवहार गरेको उल्लेख छ । आफूलाई ज्यान …
पुरा पढ्नुहॊस »देशभर तापक्रम घट्दो, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
काठमाडौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशभरिको तापक्रम चिसो रहेकोले चिसोबाट बच्न …
पुरा पढ्नुहॊस »नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्षभन्दा बढी कैद
काठमाडौं । नेपाल राष्ट्र बैंकका तत्कालीन शाखा प्रबन्धकलाई कैद तथा जरिवाना सजाय भएको छ । बुधबार विशेष अदालतले सजाय निर्धारण गरेको हो । डिल्लीबजार शाखाका प्रबन्धक भूपराज कोइरालामाथि विशेषले २६ मंसिरमै कसूर कायम गरेको थियो । सजाय ठहरका लागि बुधबार पेस भएकोमा उनलाई ६ वर्ष एक महिना कैद सजाय भएको विशेषले जनाएको छ । विशेषका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ भने …
पुरा पढ्नुहॊस »दुई नेपालीलाई अपहरण गर्ने ६ जना भारतीय पक्राउ
काठमाडौँ । दुइजना नेपाली नागरिक अपहरणको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधवार चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरणको आरोपमा भारतबाट ६ जना अपहरणकारीलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतीय नागरिकहरुमा राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् । उनका अनुसार गत पुस ५ गते …
पुरा पढ्नुहॊस »चुडामणि शर्माविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा अदालतको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो। उक्त मुद्दामा प्रतिवादी चुडामणि शर्मा र कल्पना उप्रेती शर्मा रहेका छन् । शर्मा सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५ साउन २३ गतेदेखि आयोगमा सम्पत्ति विवरण पेश गरेको मिति २०७३ मङ्सिर २९ गते सम्मको …
पुरा पढ्नुहॊस »रवि भन्छन्- कारबाही हुन्छ भने भोग्न तयार छु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको बताएका छन् । विद्यमान कानुन आफूलाई कारबाही गर्न अपर्याप्त भएमा संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुने उनको भनाइ छ । तर, उनले आफूमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई कैयन प्रश्न भने राखेका छन् । ‘यहाँ मेरो एउटा प्रश्न चाहिँ छ– …
पुरा पढ्नुहॊस »ट्युसन पढ्न हिँडेकी १४ वर्षीया करुणा दुई दिनदेखि सम्पर्कविहीन
काठमाडौँ । तेह्रथुममा घरबाट ट्युसन पढ्न हिँडेकी १४ वर्षीया बालिका सम्पर्कविहीन भएकी छन् । जिल्लाको फेदाप गाउँपालिका-३ बस्ने कक्षा १० मा अध्ययनरत १४ वर्षीया करुणा ठटाल दुई दिनदेखि सम्पर्कविहीन भएकी हुन् । बालिकाका बुबा बेनकुमार ठटालकाअनुसार करुणा पुस ९ गते बिहानैदेखि घरबाट ट्युसन पढ्न गएकी उनी सम्पर्कविहीन भएकी हुन् । करुणा ट्युसन पढ्न बिहानै गएपनि घर नफर्केको उनले बताए । पुस ९ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा औपचारिक उजुरीसमेत दिइएको …
पुरा पढ्नुहॊस »सात दिनभित्र हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँचजना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र दुईजना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेकाले उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो । उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टिकरणसहित …
पुरा पढ्नुहॊस »