नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई ६ वर्षभन्दा बढी कैद

काठमाडौं । नेपाल राष्ट्र बैंकका तत्कालीन शाखा प्रबन्धकलाई कैद तथा जरिवाना सजाय भएको छ । बुधबार विशेष अदालतले सजाय निर्धारण गरेको हो ।

डिल्लीबजार शाखाका प्रबन्धक भूपराज कोइरालामाथि विशेषले २६ मंसिरमै कसूर कायम गरेको थियो । सजाय ठहरका लागि बुधबार पेस भएकोमा उनलाई ६ वर्ष एक महिना कैद सजाय भएको विशेषले जनाएको छ ।

विशेषका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार कोइरालालाई ५४ लाख ८४ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकिएको छ भने उति नै रकम नेपाल राष्ट्र बैंकले बिगोवापत कोइरालाबाट असुलउपर गर्न पाउनेछ । खुसीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो ।

कोइरालाले राष्ट्र बैंकको सिस्टम ह्याक गरी रकम हिनामिना गरेको भेटिएको थियो । बैंकमा जम्मा गर्नुपर्ने ब्याजसमेत उनले निजी खातामा हाल्ने गरेका थिए । उनले झन्डै ५५ लाख रुपैयाँ हिनामिना गरी खाइमासेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असार २०७७ मा मुद्दा चलाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस