Tag Archives: mainnews

बारामा हत्या आरोपित भारतीय सुटरलाई गोली हानी समातियो

काठमाडाैँ । नेपाल प्रहरीको खोजी सूचीमा रहेका भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर मंगलबार साँझ पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता माध्यमिक विद्यालय बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या आरोपी सिंहलाई सीमावर्ती विश्रामपुर गाउँपालिको क्षेत्रबाट गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । भारत विहार राज्यको तीनकोनी गाउँका ३५ वर्षीय सिंहको दुवै खुट्टामा गोली लागेर घाइते …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी काम गर्न नसके पदमा नबस्ने दाबी गरेका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले देशमा सकारात्मक आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन नमिल्ने बताएका हुन् । उनले मन्त्रीहरूलाई पनि कार्यक्षमता प्रमाणित गर्न नसके पद छाड्नुपर्ने बताए । ‘मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन । हामी सबैले आआफ्नो …

पुरा पढ्नुहॊस »

दुबईबाट फर्किदा विमानमै बच्चा जन्माएकी महिला भन्छिन्- नेपाली केटासँग प्रेममा थिएँ

काठमाडौं । एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेममा भएको बताएकी छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा यूएईमा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको बताएकी हुन् । ‘म बच्चा जन्माउन नै नेपाल आएकी हुँ’, काठमाडौं प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने । यूएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र …

पुरा पढ्नुहॊस »

सिन्‍धुलीमा पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

काठमाडौं । सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ का सन्तोष थापाकी श्रीमती शारदा थापालाई बाँधेर कुटपिट गरिएको हो । लेनदेनको विषयलाई लिएर शारदालाई बिजुलीको पोलमा बाँधेर कुटपिट भइरहेको भन्ने जानकारी प्रहरीले आइतबार पाएको थियो । त्यसपछि प्रहरीको टोली पुगेर उनका श्रीमान सन्तोषसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सिलवालले बताए । आइतबार अपराह्न साढे ४ बजे घटनास्थलमा पुगेर प्रहरीले शारदाको पनि उद्धार …

पुरा पढ्नुहॊस »

दक्षिण कोरियामा साता दिनमै तीन नेपालीले ज्यान गुमाए

काठमाडौं । दक्षिण कोरियामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । एक साताको अवधिमा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो । गत आइतबार कोरियाको गजेदोस्थित एक कम्पनीमा कार्यरत सोलुखुम्बुको नेचासल्यन गाउँपालिका-५ सितादु घरु भएका रञ्जन राईको सुतेकै अवस्थामा मृत्यु भएको छ । सोलुखुम्बु सेवा समाजका पूर्व उपाध्यक्षसमेत रहेका रञ्जन राईको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । यसअघि नुवाकोटको दुप्चेश्वर-२ बोल्गाङ निवासी पासाङ श्याङ्बाको मृत्यु भएको थियो । …

पुरा पढ्नुहॊस »

गाउँ रित्तिँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ-गाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैले यस समस्याको …

पुरा पढ्नुहॊस »

अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेगरी सरकारले विकास, सेवा र सुशासनको क्षेत्रमा काम गरिहरेको दाबी गरेका छन् । १३१ औँ माओ दिवसका अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । त्यसका लागि आफूले पनि आफ्नो काम गर्ने शैलीमा परिवर्तन गरेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूले जनतालाई परिणाम दिनेगरी काम गरिरहेको दाबीसमेत …

पुरा पढ्नुहॊस »

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, कार छोडेर भागेका चालक खोज्दै प्रहरी

काठमाडौँ । कास्कीको पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नम्बरको कारले गएराती ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो । ठक्कर …

पुरा पढ्नुहॊस »

आज उधौली पर्व मनाइँदै, सार्वजनिक बिदा

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिन्छ । किरात समुदायले आफुले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि …

पुरा पढ्नुहॊस »