काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् । मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा …
पुरा पढ्नुहॊस »केन्द्रिय समितिमा कार्य प्रगति पेस गर्दै कांग्रेसका मन्त्री
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो । आज सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्ने बताइएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसिरहेको बैठकमा हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस …
पुरा पढ्नुहॊस »गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटको पेसी आज
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिटको पेसी आज तोकिएको छ । बिहीबार अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले सो रिट दर्ता गरेका थिए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएकोमा गभर्नर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा उक्त पदको लागि योग्य नहुने भन्दै उनको नियुक्ति बदरको …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ६८ कर्मचारीको दरबन्दी कटौती
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्भेक्षण ओएनएम स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौतीको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यो निर्णयसँगै कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाइन लागिएको छ। ‘अब त्यहाँका कर्मचारी अन्यत्र खट्ने छन्’, उनले भनिन्, ‘यो निर्णयसँगै प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »बिल काटेको सबै महसुल असुल्छौं : कुलमान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिल काटेका सबै महसुल असुल्ने जनाएको छ । सम्पूर्ण महसुल बक्यौता उठाउने तयारीमा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले ०७२ साउनदेखि ०७२ पुससम्मको र लोडसेडिङ अन्त्यभएपछिको विषयमाभने महसुल लिने कि नलिने नियामक निकायले निर्णय गरिदिनु पर्ने जनाए । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब …
पुरा पढ्नुहॊस »गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । विहिबार अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले सो रिट दर्ता गरेका हुन् । अदालतले उक्त रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएकोमा गर्भनर अधिकारीको योग्यता ऐन बमोजिमको नभएको हुँदा …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीले दिए उद्योग मन्त्रालयलाई आठ बुँदे निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरूका निम्ति स्टार्टअप विजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आठ बुँदे निर्देशन दिएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा उनले आठ बुँदे निर्देशन दिएका हुन् । ‘नव प्रवर्तनशील सोच र जोश भएका नव युवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न विजनेस इन्कवेसन सेन्टरको माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्द्धन अभियान सञ्चालन गर्ने तयारी गर्नुहोला, छलफलपछि …
पुरा पढ्नुहॊस »नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्ट लिस्टमा, १७ गते प्रस्तुति र अन्तर्वार्ता
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर्न सफल भएका हुन् । अब उनीहरुले पावर प्वाइन्ट प्रस्तुति र अन्तर्वार्ता दिनेछन् । त्यसबाट एक जनाको छनोट हुनेछ । सर्ट लिस्टमा परेकाहरुको लागि प्रस्तुति र अन्तर्वार्ताको मिति १७ पुस मंगलबारका दिन तोकिएको …
पुरा पढ्नुहॊस »मकवानपुरको मानव सेवा आश्रममा दुई जनाको मृत्यु
काठमाडौं । मानवसेवा आश्रममा दुई दिनको अन्तरमा दुई जनाको मृत्यु भएको छ । मकवानपुर हेटौडा–९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो । आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो । सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार (१० गते ) मृत्यु भएको थियो । अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका–३ हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय …
पुरा पढ्नुहॊस »