ट्युसन पढ्न हिँडेकी १४ वर्षीया करुणा दुई दिनदेखि सम्पर्कविहीन

काठमाडौँ । तेह्रथुममा घरबाट ट्युसन पढ्न हिँडेकी १४ वर्षीया बालिका सम्पर्कविहीन भएकी छन् । जिल्लाको फेदाप गाउँपालिका-३ बस्ने कक्षा १० मा अध्ययनरत १४ वर्षीया करुणा ठटाल दुई दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

बालिकाका बुबा बेनकुमार ठटालकाअनुसार करुणा पुस ९ गते बिहानैदेखि घरबाट ट्युसन पढ्न गएकी उनी सम्पर्कविहीन भएकी हुन् । करुणा ट्युसन पढ्न बिहानै गएपनि घर नफर्केको उनले बताए । पुस ९ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा औपचारिक उजुरीसमेत दिइएको छ ।

उनले रातो कुर्ता सुरुवाल लगाएकी छन् भने कालो झोला बोकेकी थिइन् । करुणाको अवस्था बारे जानकारी भएमा बेनकुमार ठटालको फोन नम्बर ९८४२३१३३२०६ वा भीम दमाईको नम्बर ९८४२७७४२४३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस