Tag Archives: mainnews

आजको मौसम : चिसोबाट बच्न मौसम विभागको अनुरोध

काठमाडौँ । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत …

पुरा पढ्नुहॊस »

तीन दलको एकता अझै आवश्यक छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रको विकल्प नभएको बताएका हुन् । सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको औँल्याए । उनले भने, ‘पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।’ …

पुरा पढ्नुहॊस »

सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा

काठमाडाैं । सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । आज बिहान …

पुरा पढ्नुहॊस »

आरती साह मृत्यु प्रकरण : सर्वोच्चको आदेशपछि मोतीबाबु पुनः पक्राउ

काठमाडौं । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो ।

पुरा पढ्नुहॊस »

काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित विज्ञान शिक्षक पक्राउ

काठमाडौं । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जिल्लाको पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् । काभ्रेका डिएसपी राजकुमार श्रेष्ठकाअनुसार मच्छेनारायण विद्यालयका विज्ञान पढाउने शिक्षक हुन् ।आइतबार पीडित बालिकाको सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि जनप्रतिनिधिहरू विद्यालयमा पुगेर दुवै शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । शिक्षक श्रेष्ठले दसैँ तिहारको बिचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर …

पुरा पढ्नुहॊस »

महसुल उठाउन प्राधिकरण आक्रामक, थप २ ठूला उद्योगको काटियो लाईन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने थप दुई उद्योगको लाइन काटेको छ । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ । बाँकी दुई उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो …

पुरा पढ्नुहॊस »

आज ‘क्रिसमस डे’ मनाइँदै, सार्वजनिक बिदा

काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । ‘क्रिसमस डे’ को अवसरमा सरकारले सोमबारका लागि सार्वजनिक बिदासमेत दिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको …

पुरा पढ्नुहॊस »

लुम्बिनीका नवनियुक्त २ मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा शनिवार थपिएका दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणा (सरोज थापा)ले प्रदेश प्रमुखबाट आइतवार बुटवलमा सपथ लिएका हुन् । बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अझै मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । केसी र …

पुरा पढ्नुहॊस »

कोरिया जान पर्‍यो अहिलेसम्मकै धेरै आवेदन, आकर्षण बढ्नुका प्रमुख तीन कारण

काठमाडौं । नेपालीहरू धेरै जाने गरेका खासगरी खाडी मुलुकहरूमा त्यति आकर्षक तलब नभएको स्वयं सरकारी अधिकारीहरू स्वीकार्छन् । तर कोरियामा चाहिँ नेपाली कामदारले तुलनात्मक रूपमा राम्रो तलब पाउने गरेका छन् । 'कोरियामा मासिक न्यूनतम तलब दुई लाख रुपैयाँ हुन्छ । ओभर टाइम काम गर्न पाउनेले अझ बढी कमाउँछन्,' सुवेदी भन्छन् । त्यसमा श्रमविज्ञ मीना पौडेल पनि सहमति जनाउँछिन् ।

पुरा पढ्नुहॊस »

कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता

काठमाडौं । कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ । जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो । विवाह गरेको ४ वर्षपछि उनीहरूको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको  । यही पुस ६ गते मात्रै उनीहरूको विवाह दर्ता भएको हो । पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन । शनिवार धनगढीमा …

पुरा पढ्नुहॊस »