केन्द्रिय समितिमा कार्य प्रगति पेस गर्दै कांग्रेसका मन्त्री

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो ।

आज सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति प्रतिवेदन बैठकमा पेस गर्ने बताइएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसिरहेको बैठकमा हिजो महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराएका छन ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखिसकेका छन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस