rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. पुस १३, २०८० । ई.सं. 29 Dec, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ कछलागा । पिङ्गल दक्षिणायन हेमन्त । शुक्रबार  मार्ग कृष्णपक्ष । तिथि चतुर्थी १५:३० बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र पुनर्वशु १७:३० बजेसम्म, त्यसपछी तिष्य । योग शुक्ल २१:३६ बजेसम्म, त्यसपछी ब्रह्म । करण वालव १५:३० बजेसम्म, त्यसपछी कौलव ०४:१२ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि मिथुन । आनन्दादि योग लुम्ब । दिनमान १०:२८ । सूर्योदय ६:३८ । सूर्यास्त १७:०६ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आकस्मिक धन लाभ हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्नेछन् । पारिवारिक साथ र सद्भाव बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र छोटो यात्रा पनि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नुपर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस