मकवानपुरको मानव सेवा आश्रममा दुई जनाको मृत्यु

काठमाडौं । मानवसेवा आश्रममा दुई दिनको अन्तरमा दुई जनाको मृत्यु भएको छ । मकवानपुर हेटौडा–९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो ।

आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो । सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार (१० गते ) मृत्यु भएको थियो । अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका–३ हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए ।

‘कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,हामी बुझ्दैछौं’ एसपी रिजालले भने । उनका अनुसार दुई दिनअघि मृत्यु भएको पुजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्धार गरेर ल्याइएको थियो । उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस