काठमाडौं । मकवानपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलमा आमा ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको कारण ज्ञानी मायाको हत्या गरिरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गत फागुन ३० गते बिहान करिब १० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेपछि इलाका प्रहरी कार्यालय चित्लाङमा …
पुरा पढ्नुहॊस »कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन। जिपमा १२ जना सवार थिए । घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको …
पुरा पढ्नुहॊस »सदन चलिरहँदा संसद भवनकाे बत्ती झ्याप्प-झ्याप्प
काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २/३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरूले अप्ठेरो महसुस गरेका छन् । आइतबार सांसद सञ्जयकुमार गौतम, एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा बत्ती गएको थियो । विद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको बताइएको छ ।
पुरा पढ्नुहॊस »अब बैंकको ऋण तिर्छु : दुर्गा प्रसाईं
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि बैंकको ऋण तिर्ने घोषणा गरेका हुन् । गृहजिल्ला झापाबाट काठमाडौँ फर्किनेक्रममा आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भने, ‘‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण …
पुरा पढ्नुहॊस »महालेखा परीक्षकमा तोयम राया सिफारिस
काठमाडौं । संवैधानिक परिषद्ले तोयम रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको छ । आइतबार बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद् बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संवैधानिक परिषद बैठकले सचिव रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए । हाल केन्द्रीय तथ्यांक कार्यालयका सचिव रहेका उनी पूर्वअर्थसचिव पनि हुन् । संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक …
पुरा पढ्नुहॊस »कीर्तिमानी मूल्यबाट ओर्लिएन सुनको भाउ, आज पनि प्रतितोला १ लाख ३० हजार
काठमाडौं । नेपाली बजारमा (आज) आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोही मूल्यमा कारोबार भईरहेको हो । तेजाबी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहॊस »भाडामा बस्ने परिवार तीन दशकमा तीन गुणा
काठमाडौं । देशमा भाडाको घरमा बस्ने परिवारको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ को विश्लेषणात्मक प्रतिवेदनले १२ दशमलव ८ प्रतिशत परिवार भाडाको घरमा बस्ने गरेको देखाएको हो । २०६८ को जनगणनाले पनि १२ दशमलव ८ प्रतिशत परिवार नै भाडाको घरमा बस्ने गरेको देखाएको थियो । यद्यपि दुई दशकअघि २०५८ सालमा ८ दशमलव ९ प्रतिशत मात्रै भाडाका घरमा बस्थे । तीन दशकअघि २०४८ …
पुरा पढ्नुहॊस »नयाँ भनिएका पार्टीहरू स्टन्टमै रमाए : नेता खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ भनिएका दल प्रचारबाजीमा लागेको आरोप लगाएका छन् । उपनिर्वाचनको वस्तुस्थिति बुझ्न इलाम पुगेका खतिवडाले नयाँ खद कामभन्दा सतही प्रचारमा लागेको बताएका हुन् । कांग्रेस क्षेत्रीय कार्यसमितिको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले नयाँ भनिएका पार्टीहरू काम नगरी सबै कुरामा स्टन्टमा रमाएका जिकिर गरे । ‘नयाँ जोगीहरू खरानी धेरै घस्ने मात्र हुन्,’ नेता खतिवडाले भने, ‘अरू केही गर्ने होइनन् ।’ कांग्रेसले ०७, ०१५, ०४६ …
पुरा पढ्नुहॊस »यस्तो छ आजको संसद् बैठकको कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी …
पुरा पढ्नुहॊस »आजदेखि मौसम खुल्ने (तीन दिनको पूर्वानुमानसहित)
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका …
पुरा पढ्नुहॊस »