नयाँ भनिएका पार्टीहरू स्टन्टमै रमाए : नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ भनिएका दल प्रचारबाजीमा लागेको आरोप लगाएका छन् । उपनिर्वाचनको वस्तुस्थिति बुझ्न इलाम पुगेका खतिवडाले नयाँ खद कामभन्दा सतही प्रचारमा लागेको बताएका हुन् ।

कांग्रेस क्षेत्रीय कार्यसमितिको अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले नयाँ भनिएका पार्टीहरू काम नगरी सबै कुरामा स्टन्टमा रमाएका जिकिर गरे । ‘नयाँ जोगीहरू खरानी धेरै घस्ने मात्र हुन्,’ नेता खतिवडाले भने, ‘अरू केही गर्ने होइनन् ।’

कांग्रेसले ०७, ०१५, ०४६ र ०६२–०६३ सालको सम्पूर्ण आन्दोलनको नेतृत्व गरी संविधान बनाएर गाउँ–गाउँमा स्थानीय सरकारसमेत दिएको खतिवडाले बताए । संगठनको मुख्य जग स्थानीय तह भएको उल्लेख गर्दै उनले प्रत्येक वडा, टोल र घर बलियो बनाउन नेता कार्यकर्तालाई अनुरोध गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भ्रमपूर्ण विज्ञापनमा विज्ञापन बोर्डको ‘एक्सन’

काठमाडौं । विज्ञापन बोर्डले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन हुने गरेको जनाएको छ । …

प्रतिकृया दिनुहॊस