सांकेतिक तस्बिर

मकवानपुरमा आमाको हत्या आरोपमा २६ वर्षीय युवक पक्राउ

काठमाडौं । मकवानपुरमा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलमा आमा ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण ज्ञानी मायाको हत्या गरिरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गत फागुन ३० गते बिहान करिब १० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेपछि इलाका प्रहरी कार्यालय चित्लाङमा खबर गरिएको थियो । खबरपछि गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थियो ।

प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट मृतकको छोरा २६ वर्षीय मिलन गमालले नै घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय पालुङले निज मिलनलाई थाहा नगरपालिका-१० बाट नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव

काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा …

प्रतिकृया दिनुहॊस