कास्की जिप दुर्घटना : दुई जनाको मृत्यु, १० घाइते

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । आइतबार ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग.१.ज. ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाट अन्दाजी २ सय ५० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो ।

मृतकको पहिचान खुल्न सकेको छैन। जिपमा १२ जना सवार थिए । घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ । घाइतेलाई उपचारका लागि पोखरा ल्याइँदै गरेको कालिका गणका गणपति अरूण पौडेलले बताए ।

घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको शर्माले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ललितपुरको जंगलमा लागेको आगो निभाउने क्रममा घाइते भएका अर्का युवाको मृत्यु

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस