युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्चको अध्यक्षमा कुशलसुन्दर श्रेष्ठ नियुक्त भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न मञ्चको २०औँ वार्षिक साधारणसभाबाट उनलाई साविकको नेतृत्वले अध्यक्षमा नियुक्त गरेको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा निभिता प्रधान, द्वितीय उपाध्यक्षमा आभूषणज्योति कंसाकार र महिला उपाध्यक्षमा रिचा श्रेष्ठ नियुक्त भएका छन् ।

मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष र उपाध्यक्षहरू संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्छ । कार्यसमितिको अवधि एक वर्ष हुन्छ ।

मञ्चको कार्यसमिति सदस्यमा सुदिप घिमिरे, कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ र सुविन श्रेष्ठ नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सहारा जोशी पदेन सदस्यका रूपमा रहन्छन् ।

पद तथा गोपनीयताको शपथग्रहणपछि नवनियुक्त अध्यक्ष श्रेष्ठले ‘आकांक्षा’ थिममा आफ्नो कार्ययोजना ‘भिजन २०२५’ सार्वजनिक गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस