Tag Archives: featured

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन के.सीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यज्यू, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंकको बिहीबार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । उनी …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी एस २३ एफई, मूल्य ८६ हजार

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी एस सिरिजको नयाँ मोडेल ग्यालेक्सी एस २३ एफई भित्र्याएको छ । कम्पनीले मङ्गलवार एस २३ सिरिज अन्तर्गतको एस २३ एफई भित्र्याएको हो । नेपालमा मिन्ट र ग्रेफाइट गरी दुई कलर भेरियन्टमा उपलब्ध हुने यो फोन प्रि-अर्डरका लागि खुलिसकेको छ । उक्त फोन नेपालभर सामसङका आधिकारिक स्टोरहरुबाट प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । गेमिङमा रुचि राख्ने प्रयोगकर्ताका लागि यसले उत्कृष्ट पर्फमेन्स दिने कम्पनीको दाबी …

पुरा पढ्नुहॊस »

१७ औँ वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकले गर्याे रक्तदान र समाजसेवा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बिहीबार आफ्नो स्थापनाकालको १६औँ वर्ष पूरा गरि १७औँ वसन्तमा प्रवेश गरेको छ । बैंकले यस यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरूमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गरिरहेको छ । हाल …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ सर्वसाधारणका लागि खुल्ला, कति दिन पाइन्छ आवेदन ?

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको हो । जसमध्ये, पहिलो चरणमा कम्पनीले १० प्रतिशत बराबर १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै …

पुरा पढ्नुहॊस »

मुलुकको पहिलो ‘मनकामना केबुलकार’ २६ वर्षमा

केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति, सुविधासम्पन्न रिसोर्टको निर्माण धमाधम काठमाडौं । स्वप्नदर्शी उद्यमी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना, आँट र लगानीमा सुरु भएको नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ । केबुलकार सेवाले सफलतापूर्वक २५ वर्ष पूरा गरी २६ वर्ष प्रवेश गरेको अवसरमा एक विज्ञप्ति जारी गर्दै यसको सञ्चालक कम्पनी मनकामना दर्शन प्रालिले आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ । कम्पनीले माता मनकामनाको असीम अनुकम्पा …

पुरा पढ्नुहॊस »

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बई स्थित होटेल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसीसी इमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ समारोहमा नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शन”बाट सम्मानित गरिएको छ । बिहीबार सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो । कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरूलाई मूल्याङ्कन गर्दै …

पुरा पढ्नुहॊस »

भैरहवाको मायादेवीमा एभरेष्ट बैंकको नयाँ एटीएम

काठमाडौं । एभरेष्ट बैंकले भैरहवाको मायादेवी गाउँपालिका–३ मा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। गाउँपालिका–३ मा रहेको जगदम्बा स्पिनिङ मिल्सको प्रांगणमा बैंकको नयाँ एटीएम उद्घाटन भएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले एटीएमको उद्घाटन गरेका हुन्। यो सँगै एभरेष्ट बैंकको एटीएम संख्या १ सय ६३ पुगेको बैंकले जनाएको छ। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत खालिङले मिल्समा कार्यरत मजदुर, कर्मचारी तथा स्थानीयवासीलाई यो सेवाले थप …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले के.सीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो। बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै के.सी.लाई नयाँ अध्यक्षमा चयन गरेको हो। उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए। साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल …

पुरा पढ्नुहॊस »

सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीमा आइएमई सम्मानित

काठमाडाैं ।समग्र रेमिटेन्स  कम्पनीहरूमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थ मन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहण गरे। आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्स तर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन …

पुरा पढ्नुहॊस »